वि.सं.२०८३ वैशाख २८ सोमवार

जेनजीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन

khanepani

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावना अनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेन–जीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै उनले आपत्ति जनाए ।

निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताए । महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको उल्लेख गरे ।

ranechhap