काठमाडौँ । नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले पार्टीको जारी ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवार मनोनयन पत्र लिँदै गुरुङले उम्मेदवारीबारे जानकारी दिएका हुन् ।
उनी ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षको उम्मेदवार बन्ने छन् । ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको नाम पनि निश्चित भएको छ ।
पाँच उपाध्यक्षमा विष्ट र गुरुङसँगै बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ ।









































