वि.सं.२०८३ वैशाख २६ शनिवार

पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव आए प्रतिवाद गर्छौं: गोकर्ण विष्ट

khanepani

काठमाडौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने गरी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव ल्याए आफूहरूले प्रतिवाद गर्ने बताएका छन्।

अध्यक्ष ओलीले महाधिवेशन बन्द सत्रअघि केन्द्रीय कमिटी बैठक बोलाएका छन्। उक्त बैठकमा पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ पुर्‍याउने गरी प्रस्ताव गर्न लागेको भन्दै ईश्वर पोखरेल पक्षका नेताहरूले विरोध गरेका छन्।

शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार नबढाउने निर्णय गरेको भए पनि अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाट आकार बढाउन खोजेकोमा नेताहरूले विरोध गरेका हुन्।

गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटी सानो बनाए पनि अहिले नेताहरू व्यवस्थापन गर्ने नाममा आकार बढाउन लागेको भन्दै विरोध भइरहेको छ।

केन्द्रीय कमिटी बैठक बिहान ९ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरू भएको छैन।

ranechhap