वि.सं.२०८३ वैशाख ३ बिहीवार

अमेरिकाद्वारा नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा

khanepani

काठमाडौं । संयुक्त राज्य अमेरिकाले (कोभिड१९) महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।

यो सँगै नेपालमा युएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको (कोभिड–१९) सम्बन्धी सहयोग प्रदान गरेका छन् ।

ranechhap