वि.सं.२०८३ वैशाख ३ बिहीवार

महन्थ र राजेन्द्र महतोसँग भेटलगत्तै देउवाले बोलाए, कांग्रेस पदाधिकारी बैठक

khanepani

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटवार्ता गरेका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राखेका हुन्।

कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।

उक्त समयभित्र पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्। देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र तयार भए पनि जसपाको महन्थ ठाकुर पक्षले सहमति दिइसकेको अवस्था छैन।

ranechhap