काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् तर उनले ‘प्यानल’ बारे छलफलमै रहेको बताएका छन् ।
पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए ।
उनले भने, ‘प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ । जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौ ।’
उनले वाम एकताको पक्षमा आफूहरू रहेको भन्दै पार्टी छाडेर जाने कुरा आफूहरूले नसोचेको बताए ।







































