वि.सं.२०८३ असार १३ शनिवार

आफ्नो माग सम्बोधन गराउन लिङ्देनसहितका राप्रपाका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन्।

आज साँझ पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

प्रधानमन्त्रीसँगको भेटमा राप्रपाले आफ्नो मागहरूको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उनले बताए।

उनले भने, ‘हामीले यस अघि पनि पार्टीले अघि सारेको मुद्दाहरूको विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौँ। त्यसैले आज पार्टी बैठकले पनि लुकको वर्तमान राजनीतिक परिस्थितिबारे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो। त्यसैले भेट्न जाने तय भएको छ।’

ranechhap