वि.सं.२०८२ पुस ३० बुधवार

न्यून गुणस्तरका औषधीकाे बिक्री वितरण रोक्न विभागको निर्देशन

khanepani

काठमाडौँ । बजारमा न्यून गुणस्तरका औषधी छ्याप्छ्याप्ती भेटिन थालेको छ । औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि काठमाडौँले उत्पादन गरेको सेटोफेन (पारासिटामोल ट्याब्लेट) न्यून गुणस्तरको भएको फेला पारेको हो ।

यसका साथै विभागले एक सूचना जारी गरी लोमसको ब्याच नम्बर सिटी–२७२३ भएको सेटोफेन न्यून गुणस्तरको भएको भन्दै तत्काल बिक्री वितरण रोक्न निर्देशन दिएको छ। बजार अनुगमनको क्रममा सङ्कलन गरिएका औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधी न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।

सो ब्याचको औषधी बजारबाट तत्काल फिर्ता गर्न पनि विभागले उद्योगलाई निर्देशन दिएको छ। साथै यो औषधीको सिफारिस तथा सेवन नगर्न र नगराउन विभागले सबैमा आग्रह गरेको छ।

यस अघि बुधवार मात्र विभागले न्यून गुणस्तरको औषधी भएको भन्दै क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको टीआरएक्स–६९५ ब्याच नम्बर भएको रेक्सामोल औषधी पनि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो ।