वि.सं.२०८३ वैशाख ७ सोमवार

कम्युनिस्ट पार्टीका एनजिओ सदस्यहरूले देशलाई बर्बादितिर लगिरहेका छन् : चन्द्रदेव जोशी

khanepani

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा(संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले ठुला कम्युनिस्ट पार्टीले सदस्यताको नाममा गैर कम्युनिस्ट भित्र्याएको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एकता सभामा बोल्दै उनले पार्टीभित्र त्यस्ता सदस्य भएसम्म कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने जिकिर गरे ।

‘कम्युनिस्ट आन्दोलनका नाममा जुन सदस्यहरूको जमात जम्मा गरेका छन् । कसैले ८ लाख भनेका छन् । कसैले ७ लाख भन्छन् । ती कम्युनिस्ट होइनन् । ती एनजीओको नाममा जोडिएका हुन् । कम्युनिस्टको नाममा मुठीभित्र राखिएको छ तर देशलाई बर्बादीको दिशातिर लगिएको छ’, उनले भने ।

एनजिओको माध्यमबाट अन्तर्राष्ट्रिय साम्राज्यवादका हतियारहरू देशभित्र प्रवेश गरिरहेको उनले आरोप लगाए । जोशीले कम्युनिस्ट आन्दोलनलाई सही बाटोमा लैजान सबैभन्दा बाधक तिनै भएको बताए ।

ranechhap