वि.सं.२०८३ असार १२ शुक्रवार

कमला पुल निरीक्षण गर्न पुगेका सुदनले मागे गृहमन्त्रीको राजीनामा

khanepani

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्यालले राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रवार सिरहाको कमला पुल निरीक्षण गर्न सिरहा पुगेका नेता गुरुङले पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्याललाई अब एकछिन पनि कुर्सीमा बस्ने अधिकार नरहेको प्रतिक्रिया दिए ।

सरकार बनाउने बेला राष्ट्रपति कार्यालयमा वार्ता हुँदा ओमप्रकाश अर्यालले जेनजीका सबै माग पुरा गर्ने भनेको भएपनि अहिले आएर केही नगरेको आरोप लगाए ।

जेनजीको माग पुरा हुँदैन भने त्यस्तो गृहमन्त्री नचाहिने उनको भनाइ थियो ।

ranechhap