काठमाडौँ । सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखा देखि दायाँ बायाँ दुवैतिर २५ र २५ मिटर कायम गरिएकोले सो क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै कार्यालयले हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोक देखि सामरी पुलसम्म सडक सीमा २५–२५ गज भित्र बनेका स्थायी, अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन समयसीमा दिएको हो ।
तोकिएको समय सीमा भित्र अतिक्रमित संरचनाहरू हटाएको नपाइएमा सडक डिभिजनद्वारा हटाइने र सो बापत लाग्ने खर्च सार्वजनिक सडक ऐन, २०३१ एवं अन्ये प्रचलित कानुन बमोजिम संबन्धितहरुबाट असुल उपर गरिने चेतावनी पनि सूचनामार्फत दिइएको छ ।







































