काठमाडौँ । माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर तोकिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रमा जाने विदेशीले प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर तिर्नुपर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।







































