वि.सं.२०८३ जेठ १२ मंगलवार

राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त

khanepani

काठमाडौँ । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सचिव कँडेलको शपथ ग्रहणको तयारी आफूहरूले गरिरहेको जानकारी दिए ।

कँडेललाई राष्ट्रियसभा अध्यक्ष दाहालले अपराह्न ४ बजे सङ्घीय संसद् सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

काभ्रेका बासिन्दा कँडेल पेशाले कानुन व्यवसायी हुन् ।

ranechhap