वि.सं.२०८३ जेठ १२ मंगलवार

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले भेटे प्रधानमन्त्री कार्कीलाई

khanepani

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेटवार्ता गरेकी छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन्।

‘प्रधानमन्त्रीले चुनावी वातावरण चाहनु भएको छ। त्यही क्रममा उहाँले आवश्यक ठानेको व्यक्तिहरू, पार्टीहरू, नेताहरूलाई भट्दै आउनु भएको छ,’ कांग्रेस नेता गुरूराज घिमिरेले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘त्यही क्रममा हामीलाई पनि बोलाउनु भयो । हामी गयौं।’

उनले भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण राखेको पनि जानकारी दिए।

‘उहाँले पछिल्लो अवस्था बारे कुरा राख्नुभयो । देश सम्हाल्ने कुरा, लोकतन्त्रको मुलभूत मर्म अनुरुप यसलाई आफ्नो बाटोमा अगाडि बढ्न दिने, त्यसका निम्ति तोकिएको समयमै म्यान्डेड अनुसार समयभित्रै निर्वाचन गराउने कुरामा प्रतिवद्धता जनाउनु भयो,’ नेता घिमिरेले भने।

जवाफमा कांग्रेस नेताहरूले निर्वाचनलाई पार्टीले सहर्ष रुपमा स्वागत गरेको र २१ फागुनको निर्वाचनमा सहभागी हुने कुरा राखेका थिए।

‘प्रधानमन्त्रीले चुनावको वातावरण निर्माणका लागि आग्रह गर्नु भयो,’ घिमिरेले भने, ‘हाम्रो पार्टीले पनि निर्वाचनलाई सहर्ष रुपमा स्वागत गर्ने, सहभागी हुने हामीले पनि भन्यौं। मूल कुरा फागनु २१ मा निर्वाचन हुने कुरामा उहाँले प्रतिवद्धता जनाउनु भयो।’

ranechhap