वि.सं.२०८३ जेठ ३० शनिवार

सिभिल अस्पतालले करारमा माग्यो दसौँदेखि छैटौं तहमा ३२ कर्मचारी

khanepani

काठमाडौ । निजामती कर्मचारी अस्पतालले करारमा ३२ जना कर्मचारी मागेको छ।

सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो।

एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्याष्ट्रोइन्टेरियोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना लगायत विभिन्न तहका ३२ कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन भनिएको छ।

दरखास्त दस्तुर दुई हजार रूपैयाँदेखि एक हजार रूपैयाँसम्म तोकिएको छ।

ranechhap