काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ ।
यस अघि नै दल दर्ताको निवेदन आयोगमा बुझाएपनि उक्त दलका नेताहरू आइतबार आयोग पुगेर हस्ताक्षर गरेका छन् । आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन् ।
प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएकोमा सोही अभियानसँग मिल्दोजुल्दो नाममा दल बनाएका हुन् ।
नागरिक बचाउ दलको सभापतिमा माधव खतिवडा (कल्पित) को नाम रहेको छ । उनले पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य रहेको बताए ।
कल्पितले दुर्गा प्रसाईँको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता गरिएको र प्रसाईँ संरक्षक रहने बताए ।









































