वि.सं.२०८३ जेठ १ शुक्रवार

नेपालको पहिलो बैंक ८९ औँ वर्ष प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना र आभार प्रकट

khanepani

काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले बैंकिड सेवाको अविच्छिन्न ८८ वर्ष पूरा गरेको अवसरमा ग्राहक वर्ग, शेयरधनी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक बधाई तथा शुभकामना प्रकट गरेको छ ।

बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले शुभकामना मन्तव्यमा भनेका छन्, ‘नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ सम्पदा हो, नेपाली जनता, उद्यमी व्यवसायीको विश्वासको धरोहरका रूपमा रही गौरवमय इतिहास कायम गरेको बैंकले विभिन्न कालखण्डमा थुप्रै आरोह अवरोह पार गर्दै प्रतिस्पर्धी बैंकिङ परिवेशमा निरन्तर रूपमा सबल, सक्षम र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।’

उनले देशमा बचत संस्कृतिको विकाससँगै आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बैंकले मुलुकको औद्योगिक एवम् व्यापार व्यवसायको विकास एवम् विस्तारमा समेत उल्लेख्य भूमिका निर्वाह गर्दै आएको आएका छन् । उनले भनेका छन्, ‘सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापना भएको बैंकमा सरकार र निजी क्षेत्रको साझेदारी कायमै छ, बैंकको नीतिगत तथा निर्णय प्रक्रियामा भइरहेको निरन्तर सहयोगका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, बैंकको विकास, विस्तार र नियमनमा मार्गनिर्देशकको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंक तथा सबै नियमनकारी निकायप्रति हार्दिक आभार व्यक्त गर्दछ ।’

उनले निरन्तर बैंकिङ सेवा प्रदानसँगै आगामी दिनमा नवीनतम प्रविधिमा आधारित प्रतिस्पर्धी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बैंकको लामो यात्रामा निरन्तर साथ र सहयोग प्रदान गर्नुहुने ग्राहक वर्ग, शेयरधनी महानुभावहरू, सहकर्मी सञ्चालकहरु, बैंक व्यवस्थापन, कर्मचारी, बैंकमा क्रियाशील ट्रेड युनियन तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

ranechhap