वि.सं.२०८३ वैशाख २१ सोमवार

राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

khanepani

काठमाडौं । नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन जिताउने वचन दिएको छ ।

सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।
केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन ।
कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा उपेन्द्र पक्ष को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि विकल्प छ । माधव पक्षले सहयोग गर्‍यो भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षलाई मनाउने प्रयास छ’, कांग्रेसबाट वार्तामा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन् ।

कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् ।

यो बेला सांसदबाट राजीनामा दिनेहरूलाई उपनिर्वाचनमा सहयोग गरेर पुनः संसदमा ल्याउने प्रस्ताव पनि भएको छ । अब हेरौं नतिजा के हुन्छ रु’, कांग्रेस स्रोतले भन्यो ।

सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर राजनीतिक कसरी जोगाउने ? भनी प्रश्न गर्दै आएका छन् । यहीकारण उपनिर्वाचनमा एमालेको ओलीपक्षका उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीले माधव पक्षका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति जुटाउन खोजिएको हो । रिक्त रहने सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।

ranechhap