वि.सं.२०८३ असोज ६ मंगलवार

नक्कली प्रहरी बनेर होटलमा खाजा खाँदै गरेका व्यक्तिबाट १ लाख असुली, २ जना पक्राउ

khanepani

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी भन्दै होटलमा खाना खाँदै गरेका दुई व्यक्तिबाट १ लाख रुपैयाँ बढी असुलेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रविन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।

उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर कोटेश्वरको एक खाजा घरमा खाजा खाइरहेका दुई व्यक्तिलाई आफूहरू सीआईबीको प्रहरी हो भन्दै इसेवाबाट जनही ५०/५० हजार रुपैयाँ ट्रान्फर गर्न लगाएका थिए । उनीहरूसँग भएको नगद ६ हजार पनि लुटेका थिए ।

प्रहरीले उनीहरूबाट ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटीएम, नगद रसिदको ठेली ११ थान बरामद गरेको छ ।

ranechhap