वि.सं.२०८३ भदौ १२ शुक्रवार

१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा, १३ जना प्रशासकीय प्रमुखको जिम्मेवारी (सूचीसहित)

khanepani

काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत गरेर ४३ कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १३ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो ।

यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका १९ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।

ranechhap