जनकपुरधाम । मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।
उनीहरूले भण्डारीको कार्यकक्षका सामानहरू पनि तोडफोड गरे । आन्दोलनकारीले राष्ट्रिय झण्डासमेत फ्याँकेका थिए । यस अघि मधेश भवन अगाडि उनीहरूले गाडी तेर्स्याएका थिए । सोक्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।
प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई शपथ नियुक्त गरेपछि मधेशको राजनीति गर्माएको छ ।









































