काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूबाट मेड इन कोरिया लेखिएको मल्टि ग्याँस गन र भिड नियन्त्रणमा प्रयोग हुने लेग गार्ड भेटिएको छ ।









































