काठमाडौं । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई मातृशोक परेको छ ।
उपचारका क्रममा आज बिहान निश्चल बस्नेतकी आमा अमृता बस्नेतको निधन भएको हो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
७१ वर्षकी बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाँले च्यापेको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
आमा बिरामी भएपछि नायिका स्वस्तिमा खड्का फिल्म ‘लाली बजार’को छायांकन बीचमै रोकेर काठमाडौं फर्किएकी थिइन् ।








































