वि.सं.२०८२ कात्तिक ३० आइतवार

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, गुल्शनको स्थानमा कुशल मल्ल

khanepani

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो ।

नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का अलराउँडर कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ । यस अघिका तीन खेलमा गुल्शनको ब्याट चलेको थिएन ।