वि.सं.२०८३ जेठ ११ सोमवार

२०३० सम्ममा चीनले चन्द्रमामा नयाँ टोली पठाउने, स्पेस स्टेशनको काम तीव्र

khanepani

काठमाडौं । सन् २०३० सम्ममा चीनले चन्द्रमामा नयाँ टोली पठाउने बिहीबार घोषणा गरेको छ । यो कामका लागि दृढतापूर्वक लागि परेको बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । चीनले अन्तरिक्ष पठाइने नयाँ टोलीको परिचयसमेत गराएको छ । यो टोली नयाँ अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने छ, जसको निर्माण कार्य जारी छ । यो मिसन अन्तरिक्षको क्षेत्रमा अग्रणी रहने बताइएको छ ।

मानवयुक्त अन्तरिक्ष कार्यक्रमका प्रवक्ता झाङ जिङबोले भने, ‘हाल मानवलाई चन्द्रमामा पठाउने योजनासँग सम्बन्धित सबै अनुसन्धान र विकास परियोजनाको काम अघि बढिरहेको छ ।’ उनका अनुसार लङ मार्च–१० रकेट, मुन ल्याण्डिङ सुट र एक्सप्लोरेस भेइकल जस्ता परियोजना तीव्र गतिमा अघि बढिरहेको छ । ‘सन् २०३० सम्ममा चिनियाँ व्यक्ति चन्द्रमामा पुर्‍याउने हाम्रो संकल्प दृढ छ ।’ प्रवक्ता झाङले भने ।

चीनले निर्माणाधीन तियाङयोङ अन्तरिक्ष स्टेशनमा टोलीको फेरबदल जारी राखेको छ । प्रत्येक टोलीले ६ महिनासम्म स्टेशनमा वैज्ञानिक अनुसन्धान गर्छन् । नयाँ टोलीमा झाङ लू, वु फेई र झाङ होङझाङले पहिलो पटक अन्तरिक्ष यात्रा गर्नेछन् ।

यो टोलीले दुई वटा भाले र दुईवटा पोथी गरी चार वटा मुसा आफूसँगै लाने छ । यसबाट भारहीनता र वातावरणीय प्रभावको अध्ययन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कार्यक्रमबाट चीन बाहिरिएपछि उसले तीयाङयोङ अन्तरिक्ष केन्द्रको काम अघि बढाएको थियो । अमेरिकाले चीनको अन्तरिक्ष कार्यक्रम र चिनियाँ पिपुल्स आर्मीसँगको सिधा सम्बन्धका विषयमा सुरक्षा चिन्ता रहेको उल्लेख गरेको थियो ।

ranechhap