वि.सं.२०८३ जेठ १६ शनिवार

नेवानि अध्यक्ष युवराज अधिकारीको नदोहोरिने कार्यकाल

khanepani

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) अध्यक्ष युवराज अधिकारीको कार्यकाल नदोहोरिने भएको छ । यही कात्तिक ११ गतेदेखि उनको कार्यकाल सकिँदैछ ।

करारमा आफन्त भर्ना, जहाज मर्मतमा देखाएको स्वार्थ, ट्राभल एजेन्सीसँगको मिलेमतो लगायतका आरोप खेप्दै आएका अधिकारीलाई पुन: अध्यक्ष बनाउने तयारी नरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएकी छिन् । स्रोतका अनुसार, अधिकारीलाई पुन: नियुक्ति नदिने यकिन भइसकेको छ ।

‘उहाँ (युवराज अधिकारी) ले आफ्नो कार्यकाल अझै लम्बिने भनेर विभिन्न ठाउँमा लबिङ गर्दै हिँडेको पनि सुनेका छौं,’ उच्च स्रोत भन्छ, ‘अहिले निगममा तत्काल नियुक्त नगर्ने प्रधानमन्त्रीले बताउनुभएको छ ।’

उक्त स्रोतका अनुसार, वरिष्ठतम् कर्मचारीलाई नै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने तयारी छ ।

अधिकारीले आफू विदा हुने बेला पारेर करारमा भर्ना गरेका ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई अवकाश भएपछि हाजिर हुने गरी नियुक्तिपत्र दिएका थिए ।

ranechhap