वि.सं.२०८३ वैशाख ७ सोमवार

प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने घिसिङ पक्राउ, अनुसन्धान गर्न ८ दिन म्याद थप

khanepani

काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेका एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।
घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो ।
:
हेर्नुहोस् प्रहरी विज्ञप्ति

ranechhap