काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आफूहरूले एकताबद्ध प्रयास र पहलमा लोसपाका नेता जितेन्द्र सोनार (सोनल) को नेतृत्वमा नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न सम्भव भएको जनाएको छ ।
केन्द्रीय सचिवालय संयोजक डा.शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोनल नेतृत्वमा बनेको सरकारले जनअपेक्षित काम गर्ने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीयतालाई बलियो बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति गराउने र प्रदेशको जनता र जेनजी आन्दोलनको भावना, आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य परिणाम प्रदान गर्नेछ भनी विश्वास गरेका छौँ ।’
संघीय लोकतान्त्रिक मोर्चाका घटक दलहरू आगामी दिनहरूमा पनि एकता, समन्वय र साझा प्रतिबद्धताका साथ अघि बढ्ने बताए।






































