वि.सं.२०८३ असार १३ शनिवार

नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै ६८ जना प्रतिनिधिले गरे हस्ताक्षर

khanepani

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ६८ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

झापाका कांग्रेस पूर्वसचिव लोकराज ढकालले उपलब्ध गराएको सूची अनुसार पाँच क्षेत्रमध्ये सबैभन्दा बढी हस्ताक्षर झापा-१ गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको उक्त क्षेत्रमा २२ जनाले हस्ताक्षर गरेका छन् । सबैभन्दा कम हस्ताक्षर हुने क्षेत्रमा नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र झापा ३ मा ६ जनाले हस्ताक्षर गरेका छन् ।

झापा २ मा ८, ४ मा ११ र ५ मा २१ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् ।

कांग्रेस विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । झापाका कूल १२५ महाधिवशेन प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेको ढकालले दाबी गरे ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कांग्रेस नेता मेदनी सिटौलाका अनुसार ८ जनाले नाम गोप्य राखिदिन आग्रह गरेका छन् । उनले भने, ‘६८ जना भन्दा हस्ताक्षर गर्नेहरु थप छन् । केही साथीहरुले नाम सार्वजनिक नगर्न आग्रह गर्नु भएको छ ।’

कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले माग गरेमा विशेष महाधिवशेन बोलाउनुपर्ने व्यवस्था छ ।

ranechhap