काठमाडौं । भोजपुरको ऐतिहासिक विद्यालय विद्योदय माविको हीरक जयन्तीको पूर्वसन्ध्यामा पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिएको बृहत् भेलाले प्रमेश केशीको अध्यक्षतामा मञ्च बनाइएको हो । मञ्चको उपाध्यक्षमा यदुकुमारी सुवाल, महासचिव महेश श्रेष्ठ, सचिव बालकृष्ण दाहाल र कोषाध्यक्षमा नारायणबहादुर कार्की छन् ।
यस्तै सदस्यहरूमा हरिकुमार मोक्तान, कविता प्रधान, उत्तम कार्की, रोशन कार्की, संकेत कोइराला र बन्दना श्रेष्ठलाई चयन गरिएको छ ।
भेलाले पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा उमेश श्रेष्ठ, पदम सुन्दास, गुणराज घिमिरे, एन्जेला थापा, प्रेमप्रसाद घिमिरे र डा. गोविन्दमान कार्की छन् ।
तदर्थ समितिले परिषद भेला गरेर पूर्ण समिति बनाउने जिम्मेवारी पाएको प्रअ खोमराज धमलाले बताए ।
विद्यालयको शैक्षिक सुधार का लागि छरिएर रहेका पूर्वविद्यार्थीलाई संगठित गरी सीप र स्रोतसाधनलाई एकद्वार हिसाबले सहकार्य गर्नु मूल उद्देश्य रहेको सल्लाहकार समिति संयोजक कोइरालाले बताए ।
राणा शासनको अन्त्यसँगै प्रजातान्त्रिक योद्धा नारदमुनी थुलुङसमेतको अगुवाइमा विद्योदय माविको स्थापना भएको प्रअ धमलाले बताए ।









































