काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोडको सहयोग प्रदान गरेको छ ।
भदौ २३ र २४ गते मुलुकभर भएको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र पीडितहरूलाई राहत प्रदान गर्ने उद्देश्यले निफ्राले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग प्रदान गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको हो । आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट ठूलो भौतिक क्षति भएको थियो । जसले जनजीवन र पूर्वाधारमा नकारात्मक असर पारेको थियो ।
आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा भौतिक संरचनाको पुनर्निर्माण, स्थानीय अर्थतन्त्रको पुनरुत्थान र प्रभावित समुदायलाई राहत प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






































