वि.सं.२०८३ वैशाख १७ बिहीवार

ए डिभिजन लिग सञ्चालन र यू-१६ लिग सुचारुबारे छलफल गर्न एन्फाले डाक्यो बैठक

khanepani

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग २०२५ सञ्चालन र हाल जारी यू-१६ यूथ लिगलाई सुचारु बनाउन आवश्यक तयारीबारे छलफल गर्न बैठक आह्वान गरेको छ।

एन्फाले ए डिभिजनका १६ क्लबलाई पत्राचार गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको छ ।

एन्फाका अनुसार बैठक आगामी असोज २६ गते आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

यसमा ए डिभिजन क्लबका अध्यक्ष र महासचिवलाई सहभागी हुन अनुरोध गरिएको छ।

यस अघि लिगबारे छलफल गर्नका लागि गत भदौ ३१ गते डाकिएको बैठक स्थगित भएको थियो ।

ranechhap