वि.सं.२०८३ वैशाख १७ बिहीवार

धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु

khanepani

काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

विर्तामोड ५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

यस्तै विराटनगर ८ मोरङका ५६ वर्षीय पुरूषको विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा वैशाख २६ गते साँझ ७ बजे मृत्‍यु भएको छ ।

वैशाख १० गते नोबेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन नै विपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका विरामी थिए ।

यस्तै इटहरी २ सुनसरीका ५८ वर्षीय पुरूषको उपचारको क्रममा वीपी प्रतिष्ठान धरानमा वैशाख २६ गते राति १० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

ranechhap