वि.सं.२०८३ भदौ ३ बुधवार

नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटमको समय अन्त, नेपाल पक्षका सांसदहरुले आफ्नै पदको हत्या गर्ने संकेत

khanepani

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ। नेपाल पक्षले ओलीलाई पार्टी एकताको लागि आफ्ना माग सम्बोधन गर्न आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।

नेपाल पक्षले दिएको समयसीमाभित्र अध्यक्ष ओलीले थप कुनै सम्बोधन नगरेपछि नेपााल पक्षीय सांसदहरु सिंहदरवारमा जम्मा हुने भएका छन् । साँढे ९ बजेपछि बैठक बसेर कठोर निर्णय लिइने नेता योेगेश भट्टराईले बताएका छन् ।

यसअघि मध्यरातमा माधव नेपालले अ‍ोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे शर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए । नेपाल पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको छ ।

कांग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।

ranechhap