वि.सं.२०८३ भदौ १६ मंगलवार

नेपाली कांग्रेसले कसरी मनाउँदैछ संविधान दिवस ?

khanepani

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असोज ३ गते संविधान दिवस मनाउनको लागि पार्टीपंक्तिलाई निर्देशन दिइसकेको बताएका छन्।

जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ७७ वटै जिल्लामा पार्टीले शान्तिपूर्वक संविधान दिवस मनाउने बताए।

उनले भने, ‘हामीले हालै कार्यसम्पादन समितिको बैठक बस्यौँ। संविधान दिवसमा हामी जहाँ जहाँ जुन परिस्थितिमा हुन्छौँ। त्यही संविधान दिवस मनाउँछौँ। हामीले पार्टीका सबै संस्थाहरूलाई निर्देशन दिइसकेका छौँ।’

उनले संविधानप्रति प्रतिबद्ध रहेर ७७ वटै जिल्लामा संविधान दिवस मनाउने तयारी रहेको बताए। उनले संयततापूर्वक, दृढतापूर्वक र शान्तिपूर्वक संविधान दिवस मनाउने पार्टीले निर्णय गरिसकेको बताए।

ranechhap