वि.सं.२०८३ भदौ १६ मंगलवार

नेपाली बजारमा बुधबार तोलामा एक हजार रूपैयाँले घट्यो सुन

khanepani

काठमाडौ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार मंगलबार दुई लाख १७ हजार एक सय रूपैयाँ कारोबार भएको सुन बुधबार दुई लाख १६ हजार एक सय रूपैयाँमा झरेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले घटेको छ।

मंगलबार दुई हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap