वि.सं.२०८३ वैशाख १७ बिहीवार

शपथपछि सहिद परिवारको घरमा पुगे ऊर्जामन्त्री कुलमान घिसिङ

khanepani

काठमाडौँ । नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सहिद परिवारको घरमा पुगेका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै घिसिङ गत जेनजी आन्दाेलनमा ज्यान गुमाएका धीरज श्रेष्ठको घरमा पुगेका हुन् ।

उनले श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै परिवारजनलाई सहानुभूति प्रकट गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई आइतबार ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ranechhap