वि.सं.२०८३ वैशाख ७ सोमवार

आज तीन मन्त्रीको सपथग्रहण, ओमप्रकाश गृहमन्त्री, कुलमान र रामेश्वरको पनि तोकियो मन्त्रालय

khanepani

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ ।

अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भौतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।

अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए ।

सपथग्रहण आज साँझसम्म हुने स्रोतले बताएको छ ।

ranechhap