वि.सं.२०८३ भदौ २३ मंगलवार

नेपाली बजारमा मंगलबार तोलामा तीन हजार एक सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा यो प्रतितोला तीन हजार एक सय सय रूपैयाँले बढी हो। सोमबार सुन प्रतितोला दुई लाख ११ हजार ६ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ।

सोमबार प्रतितोला २४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ सय १५ रूपैयाँमा कारोबार भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

ranechhap