वि.सं.२०८३ भदौ २२ सोमवार

कांग्रेसबाट निर्वाचित उपमेयरलाई छोरीको प्रश्न- मलाई गोली लागेको भए विरोध गर्नुहुन्थ्यो कि मौन बस्नुहुन्थ्यो ?

khanepani

काठमाडौं । मधु मेनु खतिवडाले आफ्नी आमा सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोख्रेल खतिवडालाई छोरीलाई गोली लागेको भए बोल्नु हुन्थ्यो कि नाइ भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक संजालमार्फत मधुले नेपाली कांग्रेस नगर उपसभापतिसमेत रहेकी आमा मेनुकालाई जेन-जीको आन्दोलनमा गृहमन्त्रीको आदेशमा छोरीलाई गोली लागेको भए के गर्नुहुन्थ्यो भन्दै प्रश्न तेर्साएकि छन् ।

‘आजको आन्दोलनमा गृहमन्त्री (रमेश लेखक, नेपाली कांग्रेस)को आदेश वमोजिम चलेको गोलीले मलाई लागेको भए सरकारको विरोध गर्नुहुने थियो की मौन बस्नुहुने थियो ? नेपाली कांग्रेशलाई के भन्नुहुने थियो ?’, उनले लेखेकी छन् ।

सोमबार भएको जेन-जीको प्रदर्सनमा प्रहरीको गोली लागेर हालसम्म १९ जनाको मृत्यु भैसकेको छ ।

ranechhap