वि.सं.२०८३ वैशाख १८ शुक्रवार

महन्थ ठाकुर राजेन्द्र महतोलाई लिएर देउवा पुगे निवास

khanepani

काठमाडौं । सत्ता समीकरणको खेल तीव्र विकास भइरहेका बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आज विहानै कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।

आफू पक्षका अर्का नेता राजेन्द्र महतोसहित देउवा निवास पुगेका ठाकुर अविश्वासको प्रस्तावको तयारीका बारेमा बुझ्न खोजिरहेका छन् । जसपाको उपेन्द्र बाबुराम पक्ष देउवासँगको गठबन्धनमै छ ।

ठाकुर पक्ष नमिलेसम्म संसदमा विपक्षीको बहुमत नपुग्ने भएकाले देउवाले ठाकुर र महतोसँग छलफल गर्न चाहेका हुन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा थिए ।

ranechhap