वि.सं.२०८३ जेठ ३० शनिवार

आफ्नो आवाज प्रयोग गरेर बनाएको डीपफेक भिडिओविरुद्ध उजुरी दिन साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डाक्टर स्वर्णिम वाग्लेको आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डीपफेक भिडिओप्रति आपत्ति जनाएको छ।

उपसभापति वाग्ले सो कार्यको विरुद्धमा उजुरी दिन काठमाडौं भोटाहिटी स्थित साइबर ब्युरो जान लागेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार वाग्लेृ २ बजेर १५ बजे साइबर ब्युरो पुग्दैछन्। आज सदनमा बोल्दै सांसद हरि ढकालले सत्तापक्षले सदनमा वैचारिक प्रतिवाद गर्न नसकेपछि आफ्ना नेताहरूको डीपफेक भिडिओ बनाएर चरित्रहत्या गर्न खोजेको आरोप लगाएका थिए।

ranechhap