वि.सं.२०८३ साउन १४ बिहीवार

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

khanepani

काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने प्रतिनिधि सभाको निर्णय राष्ट्रिय सभामा उल्टिएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बिमासम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बिमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्ने उल्लेख छ ।

सरकारले सुरुमा ल्याएको विधेयकको दफा ५२ मा स्वास्थ्य बिमा योजना लागु गर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्नेछ ।’

यसमा केही संशोधन गर्दै प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा कोष’ ‘वा नागरिक लगानी कोष’ भन्ने शब्दहरू थपेको थियो ।

यस अनुसार ऐन बनेको भए निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु हुने थियो ।

राष्ट्रिय सभाले प्रतिनिधिसभाको निर्णय उल्ट्याएर विधेयकको दफा ५२ मा रहेका ‘प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग’ भन्ने शब्दहरूको सट्टा ‘स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग’ भन्ने शब्दहरू राखेको छ ।

ranechhap