वि.सं.२०८१ चैत ३ आइतवार

प्रधानमन्त्रीको कोरोना रिपोर्ट आयो नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिव भण्डारीमा संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो । सो परिक्षणमा प्रधानमन्त्री निकट रहेर काम गर्ने सचिवहरुमा संक्रमण देखिएको छ ।

पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दुई पटक गरि कोभिसिल्ड पुरा डोज खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।