काठमाडौँ । अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ। जमलस्थित येलो प्यागोडामा बैठक बस्न लागेको हो ।
पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा संस्थापक रेशम चौधरी पक्षका नेताहरू सहभागी नहुने बताइएको छ ।
दुई समूहबिचको विवादका कारण नाउपाका हरेक गतिविधि प्रभावित बन्दै आएका छन् । यसअघि चौधरी पक्षले श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाए पनि निर्वाचन आयोगले मान्यता दिएको थिएन ।









































