वि.सं.२०८१ चैत ११ सोमवार

कांग्रेस संसदिय दलको बैठक जारी, बैठक छोडर निस्किए देउवा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ । बैठक जारी रहँदा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा बाहिरिएका छन् ।

बैठकमा राजनीतिक परिस्थिति गम्भीर बनेकाले जुनसुकै निर्णय लिनुपर्ने हुनसक्ने बताएका देउवा बाहिरिए पनि बैठक जारी छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने लगायत विषयमा अन्य दलका नेतासँग छलफल गर्न देउवा बाहिरिएको बताइएको छ ।