वि.सं.२०८३ वैशाख ३ बिहीवार

जनताले जनप्रतिनिधिसँग कुरै गर्नु नहुने, मन्त्रीलाई धम्क्याएको आरोपमा टिकटकर महिला पक्राउ

khanepani

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्काएको आरोपमा एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसंग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई आज पक्राउ गरिएको पर्सा प्रहरीले पुष्टि गरेको छ । वीरगन्जको मुर्लीबाट किरण साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले पुष्टि गरे ।

उनका अनुसार खानेपानी मन्त्रीको सचिवालयले आज प्रहरीमा उजुरी दिएको हो, सोही उजुरीको आधारमा पक्राउ गरिएको हो । आफ्नो जिल्लाका प्रतिनिधिलाई फोनमा चर्को आवाजमा बोलेकै भरमा जनतालाई पक्राउ गरिनु कस्तो खालको गणतन्त्र भनेर सवंत्र विरोध भएको छ ।

साइबर अपराध अन्तर्गत उजुरी परेकोले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता भट्ट बताउँछन् । साहसँग अहिले प्रहरी नियन्त्रणमा लिएर आवश्यक सोधपुछ चलिरहेको बताए ।

घटना यस्तो छ

शुक्रबार राति सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र एक महिलासंग भएको कुराकानीको अडियो भाइरल भयो, जसमा ती महिलाले आफ्नो कुराकानी चर्को स्वरमा राखिरहेकी छन् ।

उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् । उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ ।

खानेपानी मन्त्रीको फोन रिसिभ भएपछि उनले सुरुमै अपने फोन काहे नइखी उठावत ? तपाइँले फोन किन रिसिभ नगर्नु भएको भन्दै प्रश्न गरेकी छन् । त्यसपछि तपाइँ प्रदीपज्यू बोल्नु भएको हो भनेर तारन्तार प्रश्न गरेको सुनिन्छ ।

‘खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो ?’, उनले तारान्तार प्रश्न गर्छिन् ।

मन्त्री यादवले ‘हो’ भनेपछि साहको आक्रोशमिश्रित प्रश्नहरू सुरु हुन्छन् । उक्त अडियोमा सुनिन्छ- ‘वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् । म तपाईंलाई छोडदिनँ, डर लाग्दैन ।’

ranechhap