वि.सं.२०८३ जेठ १२ मंगलवार

१८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

khanepani

काठमाडौँ । निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने प्रावधान, विद्यालयले उत्पादन नगर्ने सामग्री (पोशाक, किताब, यातायात, खाना–खाजा) अनिवार्य गर्ने व्यवस्था लगायतका धाराहरू खारेज गर्नुपर्ने माग गरिएको छ । साथै छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने र हाल कायम विभेदकारी प्रावधानहरू खारेज गर्नुपर्ने मागसमेत राखिएको छ ।

संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा देशभर स्कुलबसमा कालो झण्डा र ब्यानरसहित ज्याली प्रदर्शन गर्ने, १८ भदौमा पुनः बृहत खबरदारी सभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्याब्सनका महासचिव आरबी कटवालले १८ भद्रसम्म पनि आफूहरूको मागको सुनुवाइ भएन नभए अनिश्चितकालीन विद्यालय बन्द कार्यक्रम घोषणा गर्न बाध्य हुने बताए ।

ranechhap