वि.सं.२०८३ असार १३ शनिवार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्वारा सडक आयोजना कार्यालय भवन उद्घाटन

khanepani

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री दाहालले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा मन्त्री दाहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिए ।

योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । कार्यक्रममा सडक विभागका महा निर्देशक डा विजय जैसी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरूको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

ranechhap