वि.सं.२०८३ वैशाख ८ मंगलवार

ऋषि पञ्चमी : टेकुको ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरूको भीड

khanepani

काठमाडौँ । भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको लागि टेकुमा रहेको ऋषेश्वर मन्दिरमा महिलाहरूको भीड लागेको छ ।

महिलाहरू बिहानैदेखि टेकुमा रहेको यो मन्दिरमा आएर ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पूजा गरिरहेका छन् ।
कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चन्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

ranechhap